निर्वाचन आयोगले बुझायो राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन

तु खबर संवाददाता
२०८१ आश्विन २२, मंगलवार १५:२४

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको हो ।

मंगलबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालय शितलनिवास पुगेर सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने भन्दै लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरे ।