समाचार
आज काग तिहार मनाइँदै
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज परेको छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर आज काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने प्रचलन छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका...
बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना छुटे
काठमाडौं । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीसहित ५१ जना छुटेका छन् । पार्टी सभापति रवि लामिछाने रिहा गर्न माग गर्दै मंगलबार रास्वपाले आयोजना गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद चौधरीसहितका ५१ जना छुटेका हुन् । बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला...
यातायात कार्यालय हेटौंडाद्वारा २२ करोड ८१ लाख राजस्व संकलन
मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौंडाले पछिल्लो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यातायात कार्यालयले चालु आर्थिक २०८१–८२ को साउनदेखि असोज महिनासम्ममा रु २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई रुपैयाँ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी...
मंगलबार नेप्से परिसूचक बढ्यो
मकवानपुर । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचना बढेको छ । मंगलबार नेप्से ४६ दशमलव ६९ अकंले बढेर २ हजार ९२ दशमलव ०५ बिन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच...
ग्याल्बो राजाको विशेष शो हुने
मकवानपुर । चलचित्र ग्याल्बो राजाको हेटौंडामा विशेष शो हुने भएको छ । चलचित्र युनिटले भोलि १४ गते ओम्याक्स हलमा विशेष शो हुने जानकारी दिएको छ । चलचित्रका निर्देशक विनायक तामाङका अनुसार ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको अन्तर प्रेम कथामा आधारित सामाजिक चलचित्र ग्याल्बो राजामा अर्जुन गुरुङ, विनायक तामाङ,...
साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट एन्फा आफैले बिक्री गर्ने
काठमाडौं । कात्तिक १४ गते बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफैले बिक्री गर्ने भएको छ । घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि एन्फा आफैले टिकट बिक्री गर्न लागेको एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिए । उनका अनुसार,...
मकवानपुरमा राति ९ बजेपछि देउँसी भैलो खेल्न नपाइने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति ९ बजेपछि देउँसी भैलो खेल्न नपाइने भएको छ । प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउँसी भैलोलगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो । यसैगरी, प्रशासनले देउँसी–भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक...
हेटौंडामा बढ्यो तिहारको चहलपहल, छैन व्यापार
मकवानपुर । नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावली (तिहार) को रमझम सुरु भईसकेको छ । आज तिहारको पहिलो दिन सर्वसाधारणको चहलपहल नेपालका विभिन्न स्थानहरुमा जस्तै गरी बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रमा पनि बढेको छ । बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारण र कामका सिलसिलामा घरभन्दा बाहिर गएकाहरु घर...
मकवानपुरबाट चोरीको आरोपमा तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले गएराति चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–६ बस्ने ४९ वर्षीय भरत गौतमको साथमा रहेको ५१ हजार रुपैयाँ चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको लिसंखु पाखर...
देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
काठमाडौं । देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघेको छ भने संक्रमणका कारण १२ जनाको मृत्यु छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार, डेंगु संक्रमित फेला पर्नेमा सबैभन्दा...










