समाचार

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

काठमाडौं । मिथिलाञ्चलसहित विशेष गरी मधेसमा मनाइने छठ पर्व आजदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने उक्त पर्व आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको हो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको प्रमुख विशेषता रहेको छ । यस पर्वमा अस्ताउँदो र...

साढे ८ लाखसहित जुवा खालबाट १२ जना पक्राउ

काठमाडौं । मुस्ताङबाट नगद साढे ८ लाख रुपैयाँ भन्दा बढी रकमसहित प्रहरीले गएराति १२ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास...

डीभी भर्ने समय दुई दिन थपियो

काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२६ को लागि आवेदन भर्ने समय थपेको छ । अमेरिकाले डीभी भर्ने समय दिने समय दुई दिन थपेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार, यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको डीभी भर्ने सयम दुई दिन थपेर ७ नोभेम्बरसम्म...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बाँके । नेपालगञ्जमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क बाइपास रोड नजिक भे ६ प ८०२ नं र ज ३ प ७१७१ नं.को मोटरसाइकल एकापसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज–६ का २६ वर्षीय अमनकुमार कसौधन...

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित बनेको हो । काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार, उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका पर्यटक...

बिहान ११: ३७ बजे भाइटीकाको उत्तम साइत

मकवानपुर । आज यमपञ्चकको पाँचौं दिन भाइटीका लगाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर आपसमा उपहार साटासाट गर्ने प्रचलन छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । टीकाका लागि उत्तम साइत ११ बजेर ३७...

हङकङ सिक्सेस: नेपालसँग अष्ट्रेलिया पराजित

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालसँग अष्ट्रेलिया पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन...

नेवार समुदायमा आज म्हः पूजा गरिँदै

मकवानपुर । नेवार समुदायमा आज म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्षको कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्मसन्तुष्ट बनाई...

आज गाई,गोरु र गोवर्द्धन पूजा गरिंदै

मकवानपुर । कात्तिक शुक्ल प्रतिपदाको दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य...

नेपाल संवत् ११४५ आजदेखि सुरु

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले...