हङकङ सिक्सेस: नेपालसँग अष्ट्रेलिया पराजित

तु खबर संवाददाता
२०८१ कार्तिक १७,शनिबार ०८:५८

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालसँग अष्ट्रेलिया पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।

अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । नेपालको जितका लागि प्रतीश जिसी एक्लैले तीन विकेट लिए र उनी प्लेर अफ दी म्याच बने । यस्तै लोकेश बम र विवेक यादवले एक/एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपाललले २ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लिग कप्तान सन्दीप जोराले १६ बलमा ४ छक्का र ५ चौका मद्दतमा ५१ रनको योगदान गरे । उनको यो लगातार दोस्रो अर्धशतक हो ।