समाचार
रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ७ जना पक्राउ
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु...
सेयर बजारमा गिरावट, कारोबार घट्यो
काठमाडौं । तिहारपछि खुलेको सेयर बजार झिनो अंकले गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४ मा कायम भएको हो । यस्तै, आज कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको मात्रै कारोबार भएको...
कार्यक्रम संचालन गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयबिना कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो । विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत् राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थान, विपन्न जातजाति, भाषाभाषी, धार्मिक...
अपडेटः कारसहित पोखरीमा बेपत्ता दुई जनाको शव भेटियो
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित बेपत्ता भएका दुईको शव भेटिएको छ । जिल्लाको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा दुई जना बेपत्ता भएका थिए । पोखरीमा डुबेर बेपत्ता भएका गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोनवा...
बागमती प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र
हेटौंडा । बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रदेश सरकारको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द गरिने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन दैनिक १० घण्टा बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार, गर्मी...
अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै
काठमाडौं । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपतिका लागि कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुन लागेको हो । तीमध्ये ट्रम्प पूर्व राष्ट्रपति हुन भने कमला उपराष्ट्रपति हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुन लागेको हो । आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार...
मकवानपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु
मकवानपुर । मकवानपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्बर ४, बस्ने ४८ वर्षीया गंगा पहरी रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । प्रहरी नाव उपरीक्षक अर्यालका अनुसार, हिजो सोमबार बागमती–४, हरामिटोलस्थित मदन भण्डारी लोकमार्गमा हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको...
पोखरीमा कार डुब्दा दुई जना बेपत्ता, गोताखोर परिचालन
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज विहान कार डुब्दा दुई जना बेपत्ता भएका छन् । जिल्लाको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा दुई जना बेपत्ता भएको सर्लाही प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, आज कोशी, बागमती गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना...










