समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित तीन जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ, रइ नोङ फु रहेका छन् । एयर अरेबियाको जहाजमा...
मकवानपुरमा बिहानै यात्रुबाहक बस दुर्घटना, ३५ जना घाइते
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७, समिडाँडामा आज बिहानै यात्रुबहाक बस दुर्घटना भएको छ । बिहान साढे ४ बजेको समयमा काठमाडौबाट महोत्तरीको लागि छुटेको प्रदेश २–०३–००१ ख ३६२९ नं. को बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल दाहिने साईडमा पल्टी दुर्घटना...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र पाँचथर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको दमक नगरपालिका–६ पूर्व बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्रामसहित मंगलबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–५...
भारतसँग गरिएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता विरुद्धको रिट खारेज
काठमाडौं । सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता विरुद्ध परेको रिट निवेदन खारेज गरिएको छ । उक्त रिट निवेदन सर्वोच्च अदालतले मंगलबार खारेज गर्ने फैसला गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले सो रिट खारेज गर्ने फैसला सुनाएको हो...
सरकारी कार्यालय ४ बजे नै बन्द हुने
काठमाडौं । तिहार पर्वको विदा सकिएसँगै खुलेको सरकारी कार्यालय अबदेखि ४ बजे नै बन्द हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, जाडोयाममा दिन छोटो हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोट्याइएको हो । गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक...
रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १० दिनको म्याद थप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १० दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १० दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यससँगै लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि दुई पटक क्रमशः ६...
भरूवा बन्दुकसहित तीन जना पक्राउ
बाजुरा । बाजुराको गौमुल गाउँपालिका–६ सटेडाबाट भरूवा बन्दुकसहित मंगलबार बिहान तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका–१ सलेना बस्ने ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन् । उनीहरु भरुवा बन्दुक १० थान र बन्दुकको नाल...
स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदै
काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले ४४ पदमा उपनिर्वाचन हुन लागेको जनाएको छ । आयोगका अनुसार, यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि थप ५ पद रिक्त हुन पुगेपछि ४४ पुगेको हो । जसनुसार, कोशी प्रदेशमा ९, मधेस प्रदेशमा...
प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको निम्तो आएको छ । प्रधानमन्त्री ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार, चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् । प्रधानमन्त्री ओलीको...
स्कुटर दुर्घटना हुँदा चालको मृत्यु
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मालकबारीस्थित सडकमा बा. प्र ०२–०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङ रहेको प्रहरीले...










