समाचार
आज छठको मुख्य दिनः अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै
काठमाडौं । आज छठ पर्वको मुख्य दिन । यसदिन साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व कात्तिक २० गते मंगलबारबाट सुरु भएको हो । द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गर्नेगरिन्छ । सो...
बकैया ४ का वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि थुनामा
मकवानपुर । दिवंगत उमादेवी गुरुङको सम्पत्ति हडप्न नक्कली कागजात तयार पार्ने बकैया गाउँपालिका ४ नम्वर वडा अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी काजगात किर्तेको अभियोग लागेका दंगाललाई थुनामा राखी अनुसन्धान अघि बढाउन आज आदेश गरेको जिल्ला अदालत मकवानपुरका...
बेहोस अवस्थामा भेटिएका मकवानपुरका राईको मृत्यु
हेटौंडा । बेहोस अवस्थामा भेटिएका मकवानपुरका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ३, लामिटार बस्ने प्रकाश राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । ४२ वर्षीय राई मंगलबार आफ्नै घरमा बेहोस भएर लडेको अवस्थामा भेटिएका थिए । तत्काल उद्दार गरी...
मकवानपुरमा थपिए ११ जना डेंगु संक्रमितका बिरामी
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ११ जना डेंगु संक्रमितका बिरामी फेला परेका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिमा दुई जना र मनहरी गाउँपालिकामा ९ जना डेंगु संक्रमणका बिरामी थपिएका हुन् । आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या १ हजार ७०० जना पुगेको छ...
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनी ४७ औं राष्ट्रपतिमा विजयी भएका हुन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति भएका उनी २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग हारेका थिए । त्यसपछि पुनः यस वर्षको निर्वाचनमा उम्मेदवारी दिएका उनले डेमोक्र्याट...
स्थानीय तह उपनिर्वाचनः माओवादी बागमतीले टुङ्ग्यायो उम्मेदवारी
काठमाडौं । नेकपा माओवादी केन्द्र बागमतीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारीको नाम टुङ्ग्याएको छ । माओवादी बागमतीले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बुधबार उम्मेदवारीको नाम टुङ्ग्याएको हो । प्रदेशको चार जिल्लाका विभिन्न ७ पदमध्ये काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा भने उम्मेदवारीको नाम टुङ्ग्याइएको छैन । माओवादी...
एमालेद्वारा सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरिएको छ । बैठक यही कात्तिक २४ गते शनिवार बस्ने गरी आह्वान गरिएको हो । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, मोरङ, झापा र दार्चुला जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाह चेकपोष्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ५० मिलिग्रामसहित मंगलबार दिउँसो एक जनालाई पक्राउ गरेको छ...
नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक
काठमाडौं । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता गरिएको छ । टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम टिकटक दर्ता गरिएको हो...
बुधबार नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १.८८ अंकले घटेर २ हजार ६७५.५१ विन्दुमा पुगेर रोकिएको हो । यसअघि मंगलबार बजार ०.२१ अंकले घटेको थियो । नेप्से घटे पनि आज कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ ।...










