आज छठको मुख्य दिनः अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै

तु खबर संवाददाता
२०८१ कार्तिक २२, बिहीबार ०८:३५

काठमाडौं । आज छठ पर्वको मुख्य दिन । यसदिन साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व कात्तिक २० गते मंगलबारबाट सुरु भएको हो ।

द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गर्नेगरिन्छ । सो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको सुरु भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूया छठ व्रत बसेकी थिइन् ।

फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरु भएको उल्लेख छ ।