समाचार

भ्रमण बस दुर्घटना हुँदा दुई जना घाइते

कास्की । पोखरामा आज दिउँसो भ्रमण बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीकोटमा बिहीबार दिउँसो रा १ ख २१०६ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नव युग डान्स क्लब दाङबाट पोखरा...

अवैध लागूऔषधसहित आठ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले रुपन्देही, सुनसरी, बर्दिया, कैलाली र झापाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रूपन्देहीको देवदह नगरपालिका–९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँसहित ३ जनालाई बुधबार...

हातहतियारसहित एक जना पक्राउ

दाङ । दाङबाट प्रहरीले हातहतियारसहित बिहीबार बिहान एक जनालाई पक्राउ गरेको छ । जिल्लाको लमही नगरपालिका–३ बनगाउँस्थित हरियाली टोल बस्ने ४० वर्षीय गणेश कुमाललाई विभिन्न हातहतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई विशेष सूचनाको आधारमा पुगेको वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो ।...

४ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज सुन प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला १ लाख ६८...

नेपाल एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि कात्तिक २३ गतेदेखि लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो । भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द...

रास्वपाले उपनिर्वाचनका लागि सातै प्रदेशमा नेता खटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न उपनिर्वाचनको लागि सातै प्रदेशमा नेता खटाएको छ । रास्वपाले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको हो । रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार, सातै प्रदेशमा निर्वाचन परिचालनका लागि नेताहरूलाई...

नक्कली नोटको कारोबारमा संलग्न सुनचाँदी पसलका संचालक पक्राउ

काठमाडौं । नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले सुनचाँदी पसल संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक भक्तपुर नगरपालिका–७ बस्ने ३० वर्षीय सोहिल शाक्य रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार...

कांग्रेसद्वारा उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई एकताबद्ध भएर परिचालन हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन निर्देशन दिएको हो । पार्टी महामन्त्री एवम् समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार...

राष्ट्रपति पौडेलले दिए छठ पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै छठ पर्वको शुभकामना दिएका हुन् । उनले यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति– समृद्धि एवम् हाम्रो समाजमा विद्यमान...

यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता...