सरकारी कार्यालय ४ बजे नै बन्द हुने
काठमाडौं । तिहार पर्वको विदा सकिएसँगै खुलेको सरकारी कार्यालय अबदेखि ४ बजे नै बन्द हुने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, जाडोयाममा दिन छोटो हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोट्याइएको हो ।
गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार विदा परेका कारण आजबाट सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुने जनाइएको छ ।
