यातायात कार्यालय हेटौंडाद्वारा २२ करोड ८१ लाख राजस्व संकलन
मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौंडाले पछिल्लो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
यातायात कार्यालयले चालु आर्थिक २०८१–८२ को साउनदेखि असोज महिनासम्ममा रु २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई रुपैयाँ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट राजस्व संकलन गरिएको हो ।
जसमध्ये सवारी करबाट रु दुई करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट रु सात करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट रु १२ करोड ४८ लाख दुई हजार पाँच सय ५३ तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व संकलन भएको कार्यालय प्रमसख श्रेष्ठले बताए ।
यसैगरी, सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो/ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय उनले बताए ।
यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको पनि उनको भनाई छ ।
यस्तै, सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको छ ।
