समाचार

मन्त्री पुनको जेनजीलाई आग्रह: ‘गुटबन्दी र खुट्टा तानातान नगर्नुहोस्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्तालाई राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले इतिहासका उदाहरणहरू पेस गर्दै गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले देशलाई बारम्बार कमजोर बनाएको बताएका छन् । मन्त्री पुनले जेनजी पुस्ता र राष्ट्रप्रेमी सम्पूर्ण नेपालीलाई...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.६० रुपैयाँ र बिक्रीदर १४१.२० रुपैयाँ र एक अष्ट्रेलियन डलरको खरीददर ९२.७८ रुपैयाँ र बिक्रीदर ९३.१८ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२७ रुपैयाँ र बिक्रीमूल्य...

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबारका लागि तय गरिएको बैठक रद्द गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। शुक्रबार भक्तपुरस्थित ओली निवास गुण्डुमा सुरु भएको सचिवालय बैठक करिब साढे ६ घण्टा चलेको थियो। बैठक राति अबेरसम्म चलेकाले अध्यक्ष ओलीलाई...

राष्ट्रपति पौडेल र जेनजीबीचको छलफल स्थगित, अब सोमबार हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको छ। आज (शनिबार) शीतलनिवासमा तय गरिएको बैठक राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्थगित गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। अब उक्त छलफल सोमबार अपराह्न ३ बजे हुने भएको छ। राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिहरूबीच हुने भनिएको...

ट्रम्पद्वारा चीनका सामानमा थप १००% ट्यारिफ घोषणा,व्यापार युद्ध फेरि तीव्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा हाल लागिरहेको ३० प्रतिशत ट्यारिफ माथि थप १०० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। नोभेम्बर १ वा त्यसअघि नै यो निर्णय लागू भइसकेको ट्रम्पले जनाएका छन्। काठमाडौं ।ट्रम्पले शुक्रबार ट्रुथ सोशलमा पोस्ट गर्दै भने, “संयुक्त राज्य अमेरिकाले चीनमा १००% शुल्क लगाउनेछ,...

यस्ता छन् मन्त्रीपरिषद् बैठकका २० निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।    

एमालेले भोलि काठमाडौंमा गर्न लागेको मोटरसाइकल र्यालीमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेनिकटको युवा संघले असोज २५ गते शनिबारका दिन आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली र सभामा रोक लगाउने निर्णय गरेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक सुरक्षामा जोखिम हुन सक्ने भन्दै कुनै पनि व्यक्ति वा समूहलाई र्याली, जुलुस, धर्ना, सभा...

भेनेजुएलाकी प्रजातन्त्र नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

काठमाडौँ । २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्र आन्दोलनकी नेतृ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नर्वेको राजधानी ओस्लोमा शुक्रबार आयोजित समारोहमा समितिले मचाडोलाई “भेनेजुएलाका जनताका लागि प्रजातान्त्रिक अधिकारको प्रवर्द्धन” गरेको योगदानका लागि यो प्रतिष्ठित पुरस्कार प्रदान गरेको हो। नोबेल समितिले मचाडोलाई “बढ्दो अन्धकारबीच पनि लोकतन्त्रको ज्योति निभ्न...

राष्ट्र बैंकको नयाँ व्यवस्था: सुन र विप्रेषणमा सहजता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म मात्र आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। केन्द्रीय बैंकको नयाँ निर्णयअनुसार अब नेपाली तथा...

सरकारी सुरक्षा फिर्ता गरेपछि प्रचण्डको सुरक्षा वाईसीएलले सम्हाल्ने

काठमाडौँ । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरिरहेका पूर्वपदाधिकारीहरूको सुरक्षा फिर्ता गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्थापन युवा कम्युनिस्ट लिग (वाईसीएल) ले सम्हाल्न थालेको छ । गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राख्ने पूर्वप्रधानमन्त्री र अन्य पूर्वपदाधिकारीहरूको सुरक्षा निकायलाई ती जनशक्ति तत्काल फिर्ता...