समाचार
बढ्न थाल्यो कोरोना सङ्क्रमण
चितवन । जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय...
सुजिता भण्डारीको हत्या कि आत्महत्या ?
चितवन । राप्ती नगरपालिका वडा नम्वर–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण स्पष्ट हुन सकेको छैन । उनले आत्महत्या गरेकी हुन् वा कसैले हत्या गरेको हो भन्नेबारे एकिन भइसकेको छैन । फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले उनको मृत्यु चोटपटकबाट भने नभएको बताएका छन् । पोष्ट मार्टम रिपोर्टका आधारमा उनको...
सुनको भाउ बढ्यो, कति पुग्यो ?
मकवानपुर । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको...
हेटौंडामा झुण्डिएको अवस्थामा किशोरको शव फेला
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ गर्दोईमा डेरा गरी बस्दै आएका एक जना किशोर मृत अवस्थामा फेला परेका छन् । पर्सा जिल्ला घर भई हेटौंडामा डेरा गरी बस्दै आएका १८ वर्षीय अरुण चौधरी गएराती आफ्नै डेरामा मृत फेला परेका हुन् । उनको शव डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला...
दुर्घटनामा टिपर चालकको मृत्यु
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरे रहेका छन् । लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लु २ ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल...
नगद सात लाखसहित ११ जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा दमकबाट नगद सात लाख रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजेतिर नगद सात लाखसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ पर्नेहरुमा २९ वर्षीय घरधनी खतिवडासहित दमक–१ का...
बाढीले घर बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता
म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा...
एमाले कार्यदल बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजे बस्ने भएको हो । आज बिहान ८ बजेको लागि तय भएको बैठक सरेर बिहान १० बजे बस्ने भएको पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बताए । पार्टी अध्यक्ष ओली र वरिष्ठ...
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
सुर्खेत । कर्णाली राजमार्गमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कर्णाली राजमार्ग अन्र्तगत दैलेखको दुल्लु नगरपालिका–२ कुवाखोलामा सुर्खेत देखि जुम्ला जाँदै गरेकोे भे १ ख २३९७ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा सडक मजदुरको मृतयु भएको हो । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्ती...
फेरि बढ्यो पेट्रोलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। यस्तै हवाइ...








