ट्रकको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २३, बुधबार ०९:२३

सुर्खेत । कर्णाली राजमार्गमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कर्णाली राजमार्ग अन्र्तगत दैलेखको दुल्लु नगरपालिका–२ कुवाखोलामा सुर्खेत देखि जुम्ला जाँदै गरेकोे भे १ ख २३९७ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा सडक मजदुरको मृतयु भएको हो ।

मृत्यु हुनेमा दुल्लु नगरपालिका–६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्ती रहेकोे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार, ती व्यक्ति सडकको कुनामा काम गरिरहेका थिए । सोही अवस्थामा मिनी ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाको विषयमा आवशयक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*