दुर्घटनामा टिपर चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २३, बुधबार १०:३५

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरे रहेका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लु २ ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालक सुदीपको मृत्यु भएको हो ।

चुनढुङ्गा लोड गरी बुटवल आउँदै गरेको टिपर दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*