समाचार

पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

मकवानपुर । नेपालमा कोरोना संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ हजार १ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १ हजार...

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गर्न बूढानीलकण्ठ पुगेका छन्। देउवानिवास बूढानीलकण्ठमा अहिले दुई नेताबीच छलफल भइरहेको छ । प्रचण्ड सवा ३ बजे देउवानिवास पुगेका थिए। त्यसअघि उनले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपालनिवास कोटेश्वर पुगेर भेटेका थिए। भेटमा...

एमाले कार्यदलको बैठक जारी

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अहिले बसिरहेको छ । करिब ३ बजेबाट सुरु भएको एकता कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कार्यदलले शुक्रबारको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सहमति जुटेको र शनिबार मस्यौदा सार्वजनिक गर्ने बताएको छ । शुक्रबार करिब सात घण्टा बसेको बैठकले सबै विषयमा...

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् । असारको सुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनी मात्रै नभएर स्थानीय, यात्रुलगायत सबैले सास्ती खेप्नु परिरहेको छ । मध्यपहाडी राजमार्गको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुङ्गादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिकजसो अवरोध हुने गरेको छ...

एमाले कार्यदलको बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शनिबार फेरी बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ । बैठकमा विशेषगरी तीनवटा विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता...

प्रदेशसभाको बैठक स्थगित, भोलि ११:३० बजे बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न ३ बजेका लागि तय भएको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् । उनले अब भोलि २७ गते दिनको ११ः३० बजे बैठक आह्वान गरिएको जानकारी दिए । प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजित बजेटमाथि क्रमागत रुपमा...

मकवानपुरगढीका २५ जना कृषकलाई किसान कार्ड वितरण

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका २५ जना किसानलाई शुक्रबार किसान कार्ड वितरण गरिएको छ । साना तथा सिमान्तकृत किसानमाझ वित्तिय पहुँचको विस्तार गर्ने उदेश्यले नेपाल बंगलादेश बैंक लिमिटेड, आर.एण्ड डि.इनोभेटिभ सोलुशन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच चौपक्षीय सम्झौता भई कार्ड वितरण सुरु गरिएको हो । शुक्रबार...

आफ्नै दाइको हत्याको आरोपमा युवक पक्राउ

काठमाडौं । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घरायसी विवाद हुँदा...

नेतृ डिनाद्वारा मनहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मनहरी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छिन् । कांग्रेस नेतृ डिनाद्वारा मनहरी गाउँपालिका वडा नम्वर–७ का अध्यक्ष अध्यक्ष ठाकुर तितुङ र अस्पतालका प्रमूख डा. रिवेक सुनाम परियारलाई संयुक्तरूपमा शुक्रबार १० लिटरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी हुन् । कन्सन्ट्रेटर...

बागमती प्रदेशः कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

मकवानपुर । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । भर्चुअल प्रविधिको माध्ययमबाट बसेको बैठकले भोलि शनिवार दिउँसो ३ बजे प्रदेशसभाको बैठक संचालन गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सचेतक बुद्धिमान माझी, प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे...