पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २६, शनिबार १७:२६
filr-photo

मकवानपुर । नेपालमा कोरोना संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २ हजार १ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । १ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*