समाचार
बर्तौलाले गरे जन्मदिनको अवसरमा आश्रमलाई सहयोग
मकवानपुर । अनेरास्ववियू क्रान्तिकारीका नेता एवम् हेटौंडा जेसिजका महासचिव श्रवणकुमार बर्तौलाले आफ्नो जन्मदिनको अवसर पारी बृद्धाश्रमलाई सहयोग उपलब्ध गराएका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित ओम बृद्धाश्रममा पुगी आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई नगद १० हजार १ सय ११ रुपैयाँ नगदसहित केही खाद्यान्न सहयोग गरेका हुन् ।...
जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट, कस्तो आउला आदेश
काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्...
हेटौंडा अस्पतालमा कोरोनाबाट हालसम्म १०३ जनाको मृत्यु
मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ की ६० बर्षीया महिला रहेकी छिन् । हालसम्म कोरोना संक्रमणका कारण अस्पतालमा १ सय ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले बताए । मृत्यु हुनेमा...
मकवानपुरमा आजबाट सार्वजनिक सवारी संचालनमा
मकवानपुर । मकवानपुरमा आज आइतबारदेखि सार्वजनिक सवारी संचालनमा आएका छन् । कोरोना संक्रमणको जोखिमका कारण जारी निषेधाज्ञाबाट दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात आजबाट संचालनमा आएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको असार २४ गते बसेको बैठकले आज असार २७ गतेबाट यातायात संचालन गर्न अनुमति दिएको थियो । प्रशासनले...
बागमती प्रदेशको बजेट अव्यवहारिक र अवैज्ञानिक – दुलाल
मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले आगामी आर्थिक बर्षको लागि सरकारले ल्याएको बजेट अवैज्ञानिक , अव्यवहारिक र जनतामुखी नभएको बताएका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै नेता दुलालले सरकारले जनहितका लागि शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई उपेक्षा गर्दै मन्त्रीमुखी र...
कम्युनिष्ट सरकारले गरिब जनताको नाममा राजनीति गरेर मन्त्रीमुखी र विभेदकारी बजेट ल्यायो –बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादु्र बानियाँले कम्युनिष्ट सरकारले गरिब जनताको नाममा राजनीति गरेर मन्त्रीमुखी र विभेदकारी बजेट ल्याएको बताएका छन् । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै नेता बानियाँले अहिलेको अवस्थामा जनता कोरोना खोप र भोकका कारण तड्पिरहेको भएपनि सरकारले त्यसतर्फ बजेट विनियोजन...
प्रदेश सरकारले मन्त्रीमुखी र गुटमुखी बजेट ल्यायो: नेता जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको भन्दै विरोध जनाएका छन् । भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र गुटमुखी बजेट आएको भन्दै उनले आपत्ति जनाए । पटकपटकको अवरोधपछि आजबाट सुरु भएको प्रदेशसभाको बैठकमा...
बसको चार्जर अनुसारको चार्जिङ स्टेशन बन्छ – मुख्यमन्त्री पौडेल
मकवानपुर । प्रदेश सरकारले पूर्वाधार निर्माण नै नगरी विद्युतीय बस खरिद गर्न लागेको भन्दै बागमती प्रदेशसभामा विपक्षी दलहरुले चर्को विरोध गरेपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा जवाफ दिएका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बस खरिद गर्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाइसक्ने र...
मुख्यमन्त्री पौडेलको स्पष्टिकरण: ‘आमसंचार’ रेडियो टेलिभिजन र पत्रिका होइन, छापाखाना हो
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षीे दलहरुको विरोधपछि आमसंचार गृहलाई छापाखानाको रुपमा परिभाषित गरेका छन् । प्रदेश सरकारकै मातहतमा आमसंचार गृह संचालनको योजनासहित १० करोड रुपैयाँ बजेट विनियोजनको प्रस्ताव अघि सारेका मुख्यमन्त्री पौडेलले उक्त बजेट रेडियो, टेलिभिजन र पत्रिका संचालन गर्न नभई छपाई सम्बन्धी काम गर्ने छापाखाना...
बागमती प्रदेशसभाको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । हिजो शनिवारका लागि आह्वान गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै सूचना टाँस गरेर स्थगित गरेर आज विहान ११ः ३० बजेका लागि आह्वान गरेका थिए । बैठकमा विपक्षी दलहरुले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिइरहेका छन्...








