कम्युनिष्ट सरकारले गरिब जनताको नाममा राजनीति गरेर मन्त्रीमुखी र विभेदकारी बजेट ल्यायो –बानियाँ

तु खबर संवाददाता
२०७८ असार २७, आईतवार १४:१०
file-photo

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादु्र बानियाँले कम्युनिष्ट सरकारले गरिब जनताको नाममा राजनीति गरेर मन्त्रीमुखी र विभेदकारी बजेट ल्याएको बताएका छन् ।

बागमती प्रदेशसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै नेता बानियाँले अहिलेको अवस्थामा जनता कोरोना खोप र भोकका कारण तड्पिरहेको भएपनि सरकारले त्यसतर्फ बजेट विनियोजन नगरेकोमा आपत्ती जनाए ।

विद्युतीय बस खरिदको सन्दर्भमा उनले प्रदेश सरकार आफैंले बस खरिद गरेर व्यापार गर्नतिर लाग्न नहुने धारणा राखे ।

कांग्रेसले यसअघि नै आफ्नो स्पष्ट धारणा राखिसकेको बताउँदै सरकार आफैंले मिडिया हाउस खोल्ने निर्णय गर्नु पनि गलत भएको उनको भनाई छ ।

विद्युतीय बस खरिद, मिडिया हाउस सञ्चालनलगायतको विषय उठाउँदै अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न विपक्षी दलहरुसँग भएको वार्ताका क्रममा मुख्यमन्त्री पौडेलले गरेको प्रतिवद्धताअनुरुप स्पष्टीकरण नदिएको भन्दै नेता बानियाँले असन्तुष्टीसमेत जनाए ।

निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिता गर्ने निजी क्षेत्रका मिडिया हाउसहरु प्रसस्त रहेको भन्दै बानियाँले सरकार आफैंले मिडिया हाउस खोल्नु गलत हुने र प्रेस स्वतन्त्रता कुण्ठित हुने बताए ।

‘सरकारले बजेट ल्याउँदा भौगोलिक विकटता, विविधतालाई मध्येनजर गर्नुृपदैन । यो बजेट विभेदकारी छ । यो बजेट पहुँचावालाको मात्रै हितमा छ । गरिब र निमुखा जनताको पक्षमा छैन ।’ बानियाँले भने –‘कम्युनिष्टले गरिबको नाममा राजनीति र धनीको नाममा काम गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*