बर्तौलाले गरे जन्मदिनको अवसरमा आश्रमलाई सहयोग

तु खबर संवाददाता
२०७८ असार २७, आईतवार १९:१७

मकवानपुर । अनेरास्ववियू क्रान्तिकारीका नेता एवम् हेटौंडा जेसिजका महासचिव श्रवणकुमार बर्तौलाले आफ्नो जन्मदिनको अवसर पारी बृद्धाश्रमलाई सहयोग उपलब्ध गराएका छन् ।

उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित ओम बृद्धाश्रममा पुगी आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई नगद १० हजार १ सय ११ रुपैयाँ नगदसहित केही खाद्यान्न सहयोग गरेका हुन् ।

आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि आश्रमलाई सहयोग गर्ने बर्तौलाले बताए ।

२०६४ सालमा स्थापना भई संचालनमा रहेको आश्रममा अहिले ३४ जना बृद्धबृद्धा आश्रित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*