समाचार

देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको हो । काँग्रेस सभापति तथा संसदीय दलका नेता देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। काँग्रेस सभापति तथा संसदीय दलका...

शसांक निवासमा लञ्च मिटिङ !

काठमाडौं । कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्ने सम्दर्भमा छलफल सुरु भएको छ । १४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै तयारी तीव्र पारेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए...

प्रदेश २ – मन्त्रिपरिषद् आज विस्तार गरिँदै, माओवादी सरकारमा सहभागि हुने

मकवानपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत...

नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन

महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् । नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएको कार्यालयका प्रमुख प्रशासकीय...

नगद १ लाख २२ हजारसहित दश जुवाडे पक्राउ

दाङ । दाङको घोराहीबाट एक लाख बढी रकमसहित दश जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय...

कांग्रेस नेता यादवको निधन

रौतहट । नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ। ५० बर्षीय यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक बर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो । उपचारकै क्रममा गएराति निधन भएको अस्पतालले जनाएको छ । यसअघि क्षेत्र ४...

मनसुन सक्रिय भारी बर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको...

११ महिनामा २२२ प्रतिशतले बढ्यो शेयर बजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैकले ११ महिनामा २२२ दशमलव ०२ प्रतिशत शेयर बजार वृद्धि गरेको देखिएको छ । वित्तिय विवरण अनुसार असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ जेठ मसान्तमा ३०२५.८ पुगेको छ । आर्थिक...

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक...

हेटौँडा उपमहानगरपालिकाको ७२ प्रतिशत खर्च

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा ७२ दशमलब २५ प्रतिशत खर्च गरेको छ । असार मसान्तसम्ममा धेरै खर्च गर्न सक्ने स्थानीय सरकार केही मध्यमा हेटौँडा उपमहानगरपालिका पनि एक हुन सफल भएको मेयर हरिबहादुर महतले जानकारी दिए । अन्तिम चौमासिकमा सबै भन्दा धेरै खर्च गरिने भएपनि कोरोना...