हेटौँडा उपमहानगरपालिकाको ७२ प्रतिशत खर्च

पत्रपत्रिका
२०७८ श्रावण २, शनिबार ०८:४३

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा ७२ दशमलब २५ प्रतिशत खर्च गरेको छ । असार मसान्तसम्ममा धेरै खर्च गर्न सक्ने स्थानीय सरकार केही मध्यमा हेटौँडा उपमहानगरपालिका पनि एक हुन सफल भएको मेयर हरिबहादुर महतले जानकारी दिए ।

अन्तिम चौमासिकमा सबै भन्दा धेरै खर्च गरिने भएपनि कोरोना भाइरस संक्रमणको महामारी चलेकाले अझै अपेक्षा गरेजती खर्च गर्न नसकिएपनि अरुको तुलनामा बिच्यि प्रगती भने धेरै भएको मेयर महतले बताए ।

जनप्रतिनिधि र कर्मचारीको काम गर्ने स्प्रिडका कारण पनि धेरै बिकास निर्माणका काम गर्न सफल भएको उनले बताए ।

गत आर्थिक वर्षको भौतिक प्रगती भने ८० प्रतिशत पुगेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाईले बताए । कोरोनाका महामारी, निषेधाज्ञाका बिचमा पनि दिनरात नभनीकन काम गर्न बितिय क्षेत्रमा धेरै प्रगती गर्न सफल भएको उनले बताए । चार वर्षको अवधिमा उपमहानगरपालिकाले दुरगामी महत्व राख्ने धेरै काम गर्न सफल भएको उनले बताए । सबै तयारीपछी साउनमै वार्षिक समिक्षा समेत गरिने उनले बताए ।

हेटौँडा उपमहानगरपालिका भित्रमा चालु आर्थिक वर्षमा नमुना मुलक काम सुरु गरिएको छ । उपमहानगरपालिकामा दिर्घ कालिन महत्व राख्ने नमुना काम सुरु गरिएको छ । नगर स्तरीय कार्यक्रम अन्तर्गत पूर्वाधार योजना तर्फ सञ्चालित महत्वपूर्ण योजनाहरुमा बसपार्क तथा बस टर्मिनल भवन निर्माण कार्य प्रारम्भ गरिएको मेयर महतले बताए ।

हेटौँडा–४ मा अत्याधुनिक सुविधा सम्पन्न बहुउद्धेश्यीय व्यापारिक भवन निर्माण कार्यको ठेक्का सम्बन्धी सूचना प्रकाशन भैसकेको छ । वडा नम्वर ४ हुप्रचौरमा ८ सय मिटर रनिङ्ग ट्रयाक सम्पन्न भएको बताए । हेटौँडा–८ चन्द्रोदय माविको मैदानमा प्याराफिट निर्माण कार्य अघि बढेको छ । वडा नम्बर १२ र १४ को वडा कार्यालय प्रशासकीय भवन निर्माण कार्य चालु अवस्थामा रहेको मेयर महतले बताए ।

वडा कार्यालयको प्रशासनिक भवनमा एकरुपता ल्याउन बाँकी वडाको भवनको निर्माण कार्यको डिजाइन तयारीको प्रक्रिया अगाडी बढाइएको छ । नगरको चक्रपथ सडक निर्माण कार्य अन्तर्गत पहिलो चरणमा वडा नम्बर १५ र १६ मा सडक कंक्रिट ढलान गर्ने कार्य चालु अवस्थामा रहेको उनले बताए । वडा नम्वर १४ मा बनेलधाप कालापानी खानेपानी योजना निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ ।

नमूना विद्यालय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आधुनिक राष्ट्रिय मावि र चन्द्रोदय माविको अत्याधुनिक भवन निर्माण कार्य चालु अवस्थामा रहेको छ । प्रदेश सरकारबाट हस्तान्तरित समपुरक अनुदान अन्तर्गत वडा नम्वर १७ को रानीखोला राजदेवी सडक कालोपत्रे योजना सम्पन्न भएको छ ।

१७ नम्वर वडा कै चुच्चेखोला रामपुर डाँडा सडक निर्माण भएको छ । ५ नम्वर वडाको रिटेनिङ्ग पर्खाल र कंक्रिट रोड निर्माण योजना खण्ड १ र वडा नम्वर ७ को सडक स्तरीकरण कान्तिलोकपथदेखि वडा कार्यालय जाने सडक निर्माण कार्य सम्पन्न भएको छ । योजना कार्यन्वयनमा सहजताको लागि जेसीवी १, टोटल स्टेशन ३ थान खरिद गरिएको छ । यो समाचार हेटौँडा सन्देश दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*