समाचार
बढ्न थाल्यो कोरोना सङ्क्रमण
काठमाडौं । कोरोना (कोभिड–१९) को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । अघिल्लो दिन यस्तो...
कोरोना बीमाको रकम तत्काल बीमितले नपाउने
काठमाडौं । बीमा समितिका अनुसार ५० हजार भन्दा बढि बीमितले कोरोना बीमा बापतको रकम तत्काल नपाउने भएका छन् । सरकारले कोरोना बीमा पोलिसीमाथि परेको बीमा दावी भुक्तानीको लागि रकम निकासा नगरेपछि ती बीमितले कोरोना बीमा बापतको रकम तत्काल नपाउने भएका हुन् । कोरोना बीमा मापदण्डमा उल्लेख भए अनुसार साढे...
चीनले थप १६ लाख कोरोनाविरुद्धको खोप अनुदान दिने
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले उक्त जानकारी गराएकी हुन् । यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । त्यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता...
मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु भएको जनाएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधिसभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो । जारी विज्ञप्तिमा ‘सम्मानित सर्वोच्च अदालतको मिति...
सुख्खा पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात संचालन
मकवानपुर । सुख्खा पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ । भैसे–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने भीमफेदी गाउँपालिका वडा नम्वर २ पान्द्राङमा आज दिउँसो खसेको सुख्खा पहिरो हटाई यातायात संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज अपराह्नबाट यातायात संचालनमा आएको...
साउन ६ गतेदेखि खोप लिन वाइडबडी विमान नियमित चीन जाने
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ। चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भने पनि...
थप २९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामादेशभरका ९ हजार ६ सय १३ जनाको पीसीआर र ४ हजार ५ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले...
वार्षिकोत्सवको अवसरमा बटर कोल्ड स्टोरको स्थापना
मकवानपुर । दुग्ध विकास संस्थान हेटौँडाले आफ्नो ५३ औं वार्षिकोत्सवको अवसरमा बटर कोल्ड स्टोरको स्थापना गरेको छ । दुग्ध विकास संस्थान हेटौँडाले वार्षिकोत्सवको अवसरमा स्थापना गरिएको उक्त बटर कोल्ड स्टोरको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आज एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । उक्त कार्यक्रम...
बागमती प्रदेशका शिक्षकद्वारा मुख्यमन्त्री कार्यालयमा धर्ना
मकवानपुर । बागमती प्रदेशका शिक्षकहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ बागमती प्रदेश आन्दोलन परिचालन समितिको आयोजनामा विभिन्न ३४ वटा मागहरुसहित शिक्षकहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय धर्ना दिएका हुन् । बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा बागमती प्रदेश, जिल्ला,...
लागूऔषधसहित दुई जना पक्राउ
पर्सा । पर्सा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको साँगा नगरपालिका–१३ बस्ने ४४ वर्षिय कृष्ण खड्का र बनेपा नगरपालिका–१० बस्ने २७ वर्षिय सविन हुमागाई रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, पर्सा तथा लागुऔषध ब्यूरोबाट खटिएको संयुक्त टोलीले बिहिबार साँझ वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट...










