समाचार
अध्यादेशबाट आयो लुम्बिनी प्रदेशको बजेट
मकवानपुर । लुम्बिनी प्रदेशले अध्यादेशबाट आगामी आर्थिक बर्षको बजेट ल्याएको छ । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले...
यूनियन लाइफको आइपीओ पर्यो ? यसरी हेर्नुहोस्
मकवानपुर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिने जनाइएको छ । आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार यूनियन लाइफको वेबसाइट https://unionlife.com.np/...
आजदेखि आईआरएमआईएस सफ्टवयर लागू हुँदै
काठमाडौं । बीमा समितिले अनलाईनमा आधारित बीमा नियमाकीय व्यवस्थापन सूचना प्रणाली (आईआरएमआईएस) आजदेखि लागू गर्ने भएको छ । आज विहान ११ बजे औपचारिक रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ सफ्टवयरको उद्घाटन गर्ने कार्यक्रम तय भएको बीमा समिति स्रोतले जनाएको छ । २०७६ साल फागुनमा अघि बढाइएको उक्त...
बागमती प्रदेशमा बालविवाहका घटनामा आएन कमी
मकवानपुर । कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । बागमती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले...
आज कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक आज २ बजे बस्न लागेको हो । तर, बैठक बस्ने स्थान निश्चित भइसकेको छैन । यसअघि बिहीबारको लागि तय भएको उक्त बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो । आज बस्ने बैठकमा भदौमा हुने पार्टीको १४...
हेटौँडामा ९९०१ जनाले लगाए भेरोसेल खोप
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा २ दिन संचालन भएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमण विरुद्धको भेरोसेल खोप ९ हजार ९ सय १ जनाले लगाएका छन् । उपमहानगरपालिकामा बुधवार र बिहिवार संचालन भएको खोप अभियान अन्तरगत ९ हजार ९ सय १ जनाले लगाएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए ।...
मकवानपुरमा मानव अधिकार उल्लंघनको घटना वृद्धि
मकवानपुर । मकवानपुरमा मानव अधिकार उल्लंघनको घटना बढेको छ । जिल्लामा गत वर्ष ६२ वटा मानव अधिकार उल्लंघनको घटना भएको थियो । तर चालु वर्ष २०२१ को जनवरीदेखि जुनसम्ममा ४९ वटा उल्लंघटनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जनाएको छ । यो वर्षमा लकडाउन भएपनि मानव अधिकार...
अल्पमतको सत्तापक्ष, बहुमतको प्रतिपक्ष
काठमाडौं । सामान्यतयाः सत्तापक्षसँग संसद्मा बहुमत हुन्छ। सरकार गठनदेखि सरकारका कामकारबाहीलाई अनुमोदन, पारित र स्वीकृत गर्न पनि संसदीय प्रणालीमा सरकारसँग संसद्मा बहुमत आवश्यक पर्ने मान्यता राखिन्छ। तर, राष्ट्रियसभामा भने ठीक उल्टो गणित छ। ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस नेतृत्वको सत्तापक्षसँग स्पष्ट रूपमा २२ सदस्य मात्र छन्। जसमा कांग्रेसका ७, माओवादी...
बालकोटको बार्दलीमा खुम्चिएको अतिवाद
‘बुझ्नुभो, अब तपाईंहरूले मेरोबारेमा राम्रै–राम्रो मात्र लेख्नुहुनेछ,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक यसो भन्दा हामी छक्क परेका थियौं । कान्तिपुरले बर्सेनि आयोजना गर्ने म्याराथन कार्यक्रमको उद्घाटन प्रायः प्रधानमन्त्रीबाट हुने गर्थ्यो, ओलीलाई पनि हामीले २०७५ जेठ ५ गते त्यसैका निम्ति कार्यालयमा निम्त्याएका थियौं । उद्घाटन र औपचारिक अन्तरक्रिया सकेर लिफ्टबाट झर्दै...
बागमती सरकारद्वारा हेटौँडाका एकसहित तीन बृहत विद्यालय छनोट
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको तीन वटा सामुदायिक विद्यालयलाई बृहत् विद्यालयका रूपमा स्थापित गर्न छनोट गरेको छ । संघीय सरकारले प्रत्येक प्रदेशका ३ विद्यालयलाई बृहत् विद्यालयका रूपमा स्थापित गर्ने नीतिअन्तर्गत प्रदेश सरकारले प्रदेशको तीन वटा विद्यालय छनोट गरेको हो । सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित...










