समाचार

मकवानपुरमा शुक्रबार ६४ जना कोरोनामुक्त भए, कहाँ कति ?

मकवानपुर । मकवानपुरमा शुक्रबार ६४ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ६४ जना शुक्रबार कोरोना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३० जना कोरोना संक्रमणमुक्त...

इन्स्टाग्रामको रिच लिष्टमा क्रिस्टियानो रोनाल्डो सबैभन्दा अगाडी

सामाजिक संजाल आफ्ना कुरा सेयर गर्ने मात्र होइन आयको राम्रोसमेत बन्ने गर्दछ । सामाजिक संजाल इन्स्टाग्राममा सेलिब्रेटीहरुले प्रति पोष्ट प्रमोशनको करोडौं रुपैया लिने गरेका हुन्छन् । उनीहरुको फलोअर संख्या र लोकप्रियताको आधारमा रेट तय हुने बताईन्छ । यसैबीच इन्स्टाग्राममा हुने बिजिनेसको अध्ययन गर्ने होपर एचक्यू डट कमले २०२१ को...

मकवानपुरमा थपिए ५६ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, पछिल्लो २४ घण्टामा २३२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । जिल्लामा ४८ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा र १८४ जनाको पीसीआर परीक्षण...

हेटौँडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

मकवानपुर । हेटौँडा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ५ का ७२ वर्षीय पुरुष रहेको हेटौँडा अस्पतालका कोभिड-१९ इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । डा. काफ्लेका अनुसार, ती पुरुषको एचडीयूमा उपचारको क्रममा मृत्यु भएको हो...

सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको हो । यस...

शनिबारबाट केही दिन बर्षाको संभावना

शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको...

देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने र विस्वासको मत नदिने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको सो बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । नेकपा एमालेले पार्टी एकता गर्न बनेको...

मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई आइपीओ जारी गर्न अनुमति

काठमाडौं । धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स लाई प्राथमिक शेयर आईपीओ जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बिक्री...

स्थायी कमिटीको बैठक रोक्न ओलीले अस्वीकार गरेपछि माधव पक्षका नेताहरु बाहिरिए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेपछि माधव नेपाल पक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित...

बालुवाटार भित्रिए प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन् । उनी केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । देउवा निकट स्रोतले दिएको जानकारीअनुसार उनी ज्योतिषले दिएको समयमा उनी बालुवाटार प्रवेश गरेका हुन् । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी...