हेटौँडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
मकवानपुर । हेटौँडा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ५ का ७२ वर्षीय पुरुष रहेको हेटौँडा अस्पतालका कोभिड-१९ इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
डा. काफ्लेका अनुसार, ती पुरुषको एचडीयूमा उपचारको क्रममा मृत्यु भएको हो ।
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालमा हालसम्म कोरोनाका कारण १०४ जनाको मृत्यु भएको छ । जसमा ३७ जना महिला र ६७ जना पुरुष रहेका छन् ।
