थप २९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामादेशभरका ९ हजार ६ सय १३ जनाको पीसीआर र ४ हजार ५ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यससँगै देशभर कूल कोरोना संक्रमितको संख्या ६ लाख ६४ हजार ५ सय ७६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभरका १ हजार ७ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमण निको हुनेको कूल संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ ।
यस्तै, पछिल्लाृ २४ घण्टामा देशभरका ४३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९ हजार ५ सय ६ जना पुगेको छ।
