वार्षिकोत्सवको अवसरमा बटर कोल्ड स्टोरको स्थापना

तु खबर संवाददाता
२०७८ श्रावण १, शुक्रबार १७:०४

मकवानपुर । दुग्ध विकास संस्थान हेटौँडाले आफ्नो ५३ औं वार्षिकोत्सवको अवसरमा बटर कोल्ड स्टोरको स्थापना गरेको छ ।

दुग्ध विकास संस्थान हेटौँडाले वार्षिकोत्सवको अवसरमा स्थापना गरिएको उक्त बटर कोल्ड स्टोरको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आज एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रम हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख नरेश कुमार जोशीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, व्यवस्थापक कुमारमणि दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*