बागमती प्रदेशका शिक्षकद्वारा मुख्यमन्त्री कार्यालयमा धर्ना

तु खबर संवाददाता
२०७८ श्रावण १, शुक्रबार १६:४३

मकवानपुर । बागमती प्रदेशका शिक्षकहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासंघ बागमती प्रदेश आन्दोलन परिचालन समितिको आयोजनामा विभिन्न ३४ वटा मागहरुसहित शिक्षकहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय धर्ना दिएका हुन् ।

बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा बागमती प्रदेश, जिल्ला, स्थानीय तहका शिक्षकहरुले मुखयमन्त्री कार्यालयमा धर्ना दिएका हुन् ।

नेपाल शिक्षक संघ हेटौंडा नगर सचिव श्रीराम लुइँटेलका अनुसार, शिक्षकहरुले विभिन्न मागहरुसहित केन्द्रीय कार्यक्रम अन्तर्गत आज बिहान मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका हुन् ।

यसअघि शिक्षक महासंघ मकवानपुरले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा धर्ना दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*