शसांक निवासमा लञ्च मिटिङ !

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार १३:०७

काठमाडौं । कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्ने सम्दर्भमा छलफल सुरु भएको छ ।

१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै तयारी तीव्र पारेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने बताउँदै आएकी छन् ।

नेतृत्वमा तीनै जनाको चाहाना देखिएपछि कोइराला परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो ।

शनिबार दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशा‌क र सुजाताबीच खानासहितको बैठक शुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*