कांग्रेस नेता यादवको निधन

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार ०९:४२

रौतहट । नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ। ५० बर्षीय यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक बर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो ।

उपचारकै क्रममा गएराति निधन भएको अस्पतालले जनाएको छ ।

यसअघि क्षेत्र ४ का उनी काँग्रेस सभापति रहेका थिए । गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए । उनको २ छोरा र १ छोरी रहेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*