नगद १ लाख २२ हजारसहित दश जुवाडे पक्राउ
दाङ । दाङको घोराहीबाट एक लाख बढी रकमसहित दश जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका घर्ती, ४० वर्षीय तेजलाल पुन र ६८ वर्षीय गनबहादुर घर्ती रहेका छन्।
घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद गरेको जनाएको छ ।
उनीहरुलाई शुक्रबार बेलुका साढे ६ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
