समाचार

प्रदेश नं १ को नामाकरणको लागि छलफल सुरु

काठमाडौं । प्रदेश नम्वर १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल सुरु गरेका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा छलफल अघि बढाएको नेकपा एमाले निकट स्रोतले बताएको छ । चालू अधिवेशनबाट प्रदेशको नाम राख्ने मुख्यमन्त्री राईको तयारी छ । मुख्यमन्त्री राईले दलका...

जसपाले गर्यो लुम्बिनी प्रदेशका ३ जना सांसदलाई निष्काशन

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका ३ जना सांसदलाई निष्काशन गरेको छ । मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको हो । जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि...

मन्त्रिपरिषद बैठक : प्रदेश प्रमुख हेरफेरदेखि योजना आयोगका उपाध्यक्ष नियुक्तसम्मको निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख हेरफेरदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्तसम्मको निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख हेरफेरदेखि योजना आयोगका उपाध्यक्ष नियुक्तसम्मको निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले लुम्बिनी...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले  पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । उक्त बैठकले राष्ट्रि योजना आयोगको सदस्यहरुमा क्रमशः रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको छ । साथै उक्त...

प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।​ मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई आगामी साउन २५ देखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...

लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न मन्त्रिपरिषदको सिफारिस

काठमाडौं । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । सरकारले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई...

कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने

काठमाडौं । सरकारले ल्याएको कर्मचारी भ्रमण काज छुट्टी कार्यान्वयनमा आउने भएको छ । सरकारले चालु आर्थिक २०७८/०७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो । यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी...

एकैदिन ३८९९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ५ सय १८ जनाको परीक्षण पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक सुर भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो । सो बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको...

शेरचनलाई गण्डकी प्रदेश प्रमुख नियुक्तीको लागि सिफारिस गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्ती गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । ओली...