समाचार
यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ । बैंकको ४९ करोड १५ लाख...
आज नेप्से परिसूचक २९ अंकले बढ्दा १५ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन नेप्से परिसूचक २९ दशमलव २३ मंकले बढेको छ । आज मंगलबार नेप्से परिसूचक २९ दशमलव २३ अंकले बढेर ३०७९.६६ विन्दुमा कायम भएको छ । आज मंगलबार २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २५० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड...
माओवादी केन्द्रको आकस्मिक बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आकस्मिक बैठक जारी छ । माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन बैठक बोलाएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि आकस्मिक स्थायी समिति सदस्यहरुको...
लागूऔषध चरेशसहित दुई जना पक्राउ
कैलाली । कैलालीको गौरिगंगा नगरपालिकाबाट ५ किलो ५ सय ग्राम चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरिगंगा–११ घर भएका ४० वर्षीय गोरे धामी उर्फ गोरख र गोदावरी नगरपालिका–६ घर भएका धन बहादुर धामी रहेका छन् । उनीहरुलाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय...
पूर्वसभामुख महाराले पाए सफाइ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने...
प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मंगलबार ‘प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ लाई प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित भई आएको उक्त विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखको सचिवालले जनाएको छ ।...
अब राससको समाचार श्रब्य दृष्यमार्फत् सम्प्रेषण गरिने
मकवानपुर । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले अब राससले सम्प्रेषण गर्दै आएको दैनिक समाचारलाई श्रब्यदृष्यको माध्ययमबाट पनि प्रशारण गर्ने गृहकार्य भइरहेको जानकारी दिएका छन् । मंगलबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे र सचिव मदन भुजेलसंगको शिष्टाचार भेटका क्रममा महाप्रबन्धक राईले राससले दैनिक रुपमा नेपालीको रुपान्तरण...
प्रधानमन्त्री शेरबहादुर देउवालाई केपी ओलीले जस्तो अपराध गर्ने छुट छैन– गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताप्रति उत्तरदायी भएर जनभावनालाई उच्च प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन् । अघिल्लो सरकारका बेतिथि औँल्याउँदै उनले देउवा नेतृत्वको सरकारलाई त्यस्तो काम गर्ने छुट नभएको बताए । ‘केपी ओली नेतृत्वको सरकारले संविधान मिचेर, लोकतन्त्र विरोधी जुन अपराध...
प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी
काठमाडौं । सरकारले विभिन्न प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी भएको छ भने बागमतीका प्रदेश प्रमुख पनि फेर्ने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । प्रदेश २...
प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजे सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाएका छन् । उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गर्ने...










