प्रतिनिधिसभाको बैठक सुरु

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १३:२६
file-photo

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

दिउँसो १ बजे सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाएका छन् ।

उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत छ ।

जनमोर्चा नेपालबाट २०४८ सालको आम निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट विजयी वाइवाको २०७८ जेठ २० गते निधन भएको थियो ।