माओवादी केन्द्रको आकस्मिक बैठक जारी

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १५:३५
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आकस्मिक बैठक जारी छ ।

माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन बैठक बोलाएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि आकस्मिक स्थायी समिति सदस्यहरुको बैठक राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे र पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भइरहेको बुझिएको छ ।

यसअघि गत साउन सात गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो ।