राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १८:२३

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले  पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

उक्त बैठकले राष्ट्रि योजना आयोगको सदस्यहरुमा क्रमशः रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

साथै उक्त मन्त्रिपरिषद बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरिएको छ ।