जसपाले गर्यो लुम्बिनी प्रदेशका ३ जना सांसदलाई निष्काशन

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १८:५६
file-photo

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका ३ जना सांसदलाई निष्काशन गरेको छ ।

मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको हो ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो ।

पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो ।