प्रदेश नं १ को नामाकरणको लागि छलफल सुरु

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १९:०३
file-photo

काठमाडौं । प्रदेश नम्वर १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल सुरु गरेका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा छलफल अघि बढाएको नेकपा एमाले निकट स्रोतले बताएको छ ।

चालू अधिवेशनबाट प्रदेशको नाम राख्ने मुख्यमन्त्री राईको तयारी छ ।

मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् । यसका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेका छन् ।