समाचार

तुइनबाट खसेर एक जना बेपत्ता

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएका छन्। सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्। महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीको दाबी छ। ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बीच भागमा पुग्ने बेला...

कांग्रेसको महाधिवेशन सार्न पाइँदैन – गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको महाधिवेशन सार्न नपाइने भन्दै पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कांग्रेस नेतृत्वको महाधिवेशन सार्न नहुने बताए । उनले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने...

एनआरएनए राष्ट्रिय युवा मञ्चको कोषाध्यक्षमा मकवानपुरका न्यौपानेको उम्मेदवारी

मकवानपुर । गैर आवाशीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भोलि जुलाई ३१ गते हुने निर्वाचनमा सुमन न्यौपानले राष्ट्रिय युवा मञ्च कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । मकवानपुरको हेटौंडा घर भएका न्यौपाने डा. ज्ञानेन्द्र रेग्मी नेतृत्वको प्यानलबाट एनआएएनए राष्ट्रिय युवा मञ्चको कोषाध्यक्ष पदका उम्मेदवार बनेका हुन् । ‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए’...

नवनियुक्त प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै

बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्ने भएका छन् । गत मंगलबार बसेको कन्त्रिपरिषद बैठकले शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ । उक्त प्रदेशको प्रदेश प्रमुखमा यसअघि धर्मनाथ यादव रहेका थिए । प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने...

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । एशिया बैंकको स्वामित्वमा रहेका नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ । बैंकले नागरिक लगानी...

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

धनुषा । धनुषामा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर...

आज सीसीएमसीको बैठक बस्दै

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार देशभर ३...

प्रदेश प्रमुख परिवर्तनको डरः बागमतीका प्रसाई ओलीलाई भेट्न काठमाडौं पुगे

मकवानपुर । केन्द्र सरकारमा राजनीतिक समिकरण बद्लिएसंगै विभिन्न प्रदेशका प्रमुखहरु पनि संकटमा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केही प्रदेशका प्रमुखहरु परिवर्तन गरिसकेको छ भने बाँकी केही प्रदेशका प्रमुखहरुलाई पनि चाँडै परिवर्तन गर्ने तयारी गरेको छ । केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा लुम्बिनीका प्रदेश...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता...

भीमफेदी कारागारका ३५५ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा रहेका ३५५ जना कैदीबन्दीलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित रहेको उक्त कारागारमा बिहिबार ८ कर्मचारीसहित ९६९ जना कैदीहरुलाई एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको भीमफेदी स्वास्थ्य संयोजक रामनाथ थिङले जानकारी दिए । कोरोना पुष्टि हुनेको...