समाचार

मकवानपुरका भट्ट मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको मनहरीमा एक जना मृतअवस्थामा फेला परेको छ । मनहरी गाउँपालिकाको वडा नम्वर ३ मा स्थानीय अशोक भट्ट आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ५२ वर्षीय भट्ट आफ्नै घरको गोठमा नाईलनको डोरीले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला...

मकवानपुरमा एकैदिन ४ सय ३२ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा एकैदिन ४ सय ३२ जना कोरोनाका संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पिसिआर र १ हजार १५ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमश ६६ र ३ सय ६६ गरी ४ सय ३२ जनामा कोरोना...

राक्सिराङमा मानव बेचबिखनविरुद्ध अभिमूखीकरण कार्यक्रम सम्पन्न

मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नम्वर २ मा मानव बेचबिखनविरुद्ध अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर मोक्तानको उपस्थितिमा नारी सीप सृजना केन्द्र मकवानपुरको आयोजनामा आज कार्यक्रम सम्पन्न भएको हो । राक्सिराङ गाउँपालिका २ सुनारीसौराहामा भएको उक्त कार्यक्रममा ४५ जना स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक...

लुम्बिनी प्रदेशका ३ मन्त्रीको सांसद पद गयो

काठमाडौं । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाबाट सांसद बनेका २ जना पदमुक्त भएका छन् । पदमुक्त भएका उनीहरु तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका मन्त्री रहेका छन् । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी गराएको छ । जसपाको...

कोरोना संक्रमणबाट हेटौँडाकी एक महिलाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो । ती महिलाको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान ४ मृत्यु भएको हेटौँडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए । उनका...

कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता

काठमाडौं । कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका वडा नम्वर ७ स्थित चिसापानी–सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खस्दा दुई जना बेपत्ता भएका हुन् । नम्वर नखुलेको जीप चालकले ब्याक गर्ने क्रममा सडकबाट कर्णाली नदीमा खसेको हो । कैलालीका प्रहरी प्रवक्ता...

जसपा आधिकारिकताको निर्णयविरुद्ध महन्थ ठाकुरले दिए सर्वोच्चमा रिट

काठमाडौ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिता दिनु गलत भएको भन्दै जसपाका नेता महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन भएमा पार्टी विभाजन भई केन्द्रीय नेतृत्वको प्रयोगननै समाप्त हुन जाने भन्दै रिट दायर गराएका हुन् । आयोगले...

भीमफेदी बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरको भीमफेदी बालगृहका २२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित रहेको उक्त बालगृहमा शुक्रबार गरिएको एन्टीजेन परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा बाल गृहमा रहेका २ जना कर्माचारी र २० जना बालबालिका रहेको...

सरकार संचालनको लागि संयुक्त संयन्त्र बनाउन माओवादीको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रले संयुक्त संयन्त्र बनाउन प्रस्ताव गरेको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहितासहित सरकार संचालनको लागि संयुक्त संयन्त्र बनाउन आग्रह गरे । अहिले मुलुकमा वाम–प्रजातान्त्रिक एकताको माहोल बनेको उल्लेख...

अर्घाखाँची जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी

अर्घाखाँची । कोरोना संक्रमणको जोखिम उच्च भएसंगै अर्घाैखाँची जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि साउन १६ गते राति १२ बजेदेखि लागू हुनेगरी पूर्ण रुपमा निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । निषेधात्राको समयमा अत्यावश्यकबाहेक यातायात, बैंक तथा वित्तीय संस्थालगायत सबै...