आज सीसीएमसीको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार ०९:०१
file photo

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज बस्दै छ ।

बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार देशभर ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।