समाचार

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिन केएमसी अस्पताल पुगेका छन्। बिहीबार राति करिब १० बजे अस्पताल पुगेका मन्त्री गुरुङले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका हुन्। अस्पतालमा घाइतेहरूको निःशुल्क उपचार सेवा पूर्वसांसद तथा केएमसीका सञ्चालक डा. सुनिल शर्माले उपलब्ध गराउँदै आएका छन्। सो क्रममा...

हर्क साम्पाङको सरकारलाई ९ बुँदे सुझाव

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा देशको स्वाधीनता, सुशासन, आर्थिक विकासका सवालमा सरकारलाई विभिन्न सुझावहरु दिएका छन् । उनले संसद् बैठकमा बोल्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने सुझाव दिएका छन् । उनले ९ बुँदामा समेटेको ती सुझावहरु सभामुख अर्जुन नरसिंह केसीलाई हस्तान्तरण...

राजनीतिक नियुक्तिधारीलाई लामिछानेको चेतावनी, स्वेच्छिक राजीनामा दिनुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतका सरकारहरूबाट विभिन्न निकायमा राजनीतिक भागबण्डाका आधारमा नियुक्त भएका पदाधिकारीलाई स्वेच्छिक राजीनामा दिन आग्रह गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले संविधान र कानुनको आवरणमा नेता तथा दलको सिफारिसमा नियुक्ति लिएकाहरूले पदबाट मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्। उनले...

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि छानबिन अघि बढाउँदै उनको राहदानी रोक्का गर्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। सोही आधारमा अध्यागमन विभागले उनलाई कालोसूचीमा...

नयाँ वर्षदेखि काठमाडौंमा रात्रिकालीन बस सेवा सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरले साझा यातायातसँगको सहकार्यमा बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बस सेवा सञ्चालन गर्ने जनाएको छ। महानगरका अनुसार सुरुवाती चरणमा दुईवटा रुटमा चार वटा विद्युतीय बस सञ्चालन हुनेछन्। उत्तर–दक्षिण रुटअन्तर्गत ललितपुरको लगनखेलबाट सुरु...

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर परिवर्तन

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई अस्पताल ल्याइएको हो। चिकित्सकका अनुसार शाहको मुटुसम्बन्धी उपचार अन्तर्गत पेसमेकर (मुटुको धड्कन नियन्त्रण गर्ने उपकरण) परिवर्तन गरिएको छ। नियमित स्वास्थ्य जाँचका क्रममा उनलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। शाह...

नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु

काठमाडौं । नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय सभाकक्षमा आज दिउँसो २ बजे बैठक आह्वान गरिएको छ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन सुरु हुन लागेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुवै...

विद्यार्थी संगठन खारेज प्रस्तावविरुद्ध १४ संगठनको आपत्ति

काठमाडौं । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत विद्यार्थी संगठन खारेज गर्ने प्रस्तावविरुद्ध १४ वटा विद्यार्थी संगठन एकसाथ उभिएका छन्। बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले चैत १३ गते बसेको मन्त्रिपरिषद्...

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकपछि भएको प्रक्रियामा उनी एक्लो उम्मेदवार बनेपछि निर्विरोध रूपमा चयन भएका हुन्। निर्वाचन समितिका संयोजक निरज आचार्यका अनुसार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।...

बागमतीमा ७ वटा मन्त्रालय कायम गर्ने कांग्रेस संसदीय दलको निर्णय

बागमती प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेशमा मन्त्रालयहरुको संख्यालाई आधाले घटाउने निर्णय गरेको छ । अहिले १४ वटा रहेको मन्त्रालयलाई घटाएर सात वटामा झार्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । मुख्यमन्त्रीसहित सात वटा मन्त्रालय कायम गर्ने निर्णय गरिएको हो । मुख्यमन्त्री एवम् संसदीय दलका नेता...