समाचार

राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा उनको मात्रै उम्मेदवारी परेकाले विधिवत रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । आइतबार उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । उनको समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय,...

राष्ट्रियसभामा झाँक्रीको प्रश्न : भदौ २४ गतेको घटनाको छानबिन गर्ने काममा किन ढिलाई

नेकपा एमाले राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको छानबिन गर्ने काममा किन ढिलाई भएको हो भनेर प्रश्न गरेकी छिन् । राष्ट्रिय सभा बैठकमा उनले २४ गते जलाइएका सिंहदरबारलगायत घटनाको सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ भइरहेको भन्दै यसको निश्पक्ष छानबिन गर्न माग गरेकी छिन् । भदौं २४...

बैंक तथा वित्तीय संस्था पनि हप्तामा ५ दिन, बैंकिङ कारोबार ९ बजेदेखि ४ बजेसम्म

सरकारी कार्यालय र शैक्षिक संस्थाहरु हप्तामा दुई दिन बिदा दिने निर्णयपछि बैंक तथा वित्तीय संस्थामा पनि साताको दुई दिन बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्था पनि शनिबार र आइतबार बिदा हुने गरी निर्णय गरेपछि सोही अनुसार हुने भएको हो । त्यसैगरी केन्द्रीय बैंकले बैंकिङ...

सार्वजनिक खरिदमा ढिलाइ गर्ने आठ कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने आठ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले चैत २२ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो। काठमाडौँको सिल्क मार्केट प्रालि र बागमती नगरपालिका, सर्लाहीको सिफारिसमा...

शौचालय खरिदमा १ करोड १० लाख भ्रष्टाचार,अख्तियारद्वारा अदालतमा मुद्धा

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा आर्थिक वर्ष २०७६/०७७ मा बायो घुम्ती र पोर्टेबल शौचालय खरिदका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दुई छुट्टाछुट्टै मुद्दा दायर गरेको छ। अख्तियारले परिषदका तत्कालीन पदाधिकारी, कर्मचारी र आपूर्तिकर्ताको मिलेमतोमा लागत बढाई झुट्टा कागजात तयार गरेर राज्यलाई १ करोड...

बागमती प्रदेशसभा बैठक बोलाइयो

बागमती प्रदेश सरकारले प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन २४ चैत मंगलबारलाई आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको अधिवेशन आह्वान भएको बताए ।...

ललितपुरको नापी र यातायात कार्यालयबाट ३२ जना पक्राउ

ललितपुरस्थित सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै सरकारले ३२ जनालाई पक्राउ गरेको छ । बिचौलियाको आरोप लगाउँदै प्रहरीले उनीहरुलाई समातेको हो । ललितपुरको लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसरबाट सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा सेवा प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप पक्राउ परेकाहरुमाथि लगाइएको छ ।...

शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई हाजिरी जमानीमा रिहा

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई आवश्यक परेका बेला उपस्थित हुने सर्तमा आइतबार छाडेको जनाएको हो। यही प्रकरणमा उनका छोरा तथा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल भने हाल विभागको नियन्त्रणमै रहेका छन्। उनलाई...

नवनिर्वाचित सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवास मा आइतबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू लगायतको उपस्थिति रहेको थियो। अर्याल आइतबार...

सरकारी कार्यालय शनिबार र आइतबार बिदा, अरु दिन ९ – ५

नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णष् गरेको छ भने सोमबारदेखि शुक्रबारसम्म ९ बजेदेखि ५ बजेसम्म कार्यालय र शिक्षण सस्था खुला राख्ने सरकारको निर्णय छ । शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी यस्तो निर्णय भएको हो...