समाचार

एमाले महाधिवेशन : मकवानपुरका ६ जनाले उम्मेदवारी दिने

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको केन्द्रीय सदस्य पदका लागि मकवानपुरका ६ जनाले उम्मेदवारी दिने भएका छन् । एमालेको केन्द्रीय पदाधिकारीसहितको पदमा नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेको क्रममा मकवानपुरका ६ जनाले पनि केन्दीय पदका लागि उम्मेदवारी दिने...

अब हेटौंडामा ट्रिओ इलेक्ट्रिक अटो

मकवानपुर । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रिओ नामक इलेक्ट्रिक अटो हेटौंडामा सार्वजनिक गरेको छ । महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी) का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले बुधबार एक कार्यक्रमबीच हेटौंडाको चौकीटोलमा उक्त अटो सार्वजनिक गरेको हो । कार्यक्रम आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लिका अध्यक्ष राजेन्द्र बटाजुको अध्यक्षता तथा यातायात...

हेटौंडामा ३१ जनाले गरे रक्तदान

मकवानपुर । आन्तरिक राजश्व कार्यालय हेटौंडाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । दशौ राष्ट्रिय कर दिवस २०७८ को अवसरमा आयोजना राजश्व कार्यालय हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ३१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी मकवानपुर र...

नेकपा मकवानपुरको आयोजना चियापान तथा शुभकामना

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आज (बुधबार) हेटौंडामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेकपा मकवानपुरले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । नेकपा मकवानपुरका जिल्ला कार्यालय सदस्य प्रेम लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका इन्चार्ज...

मकवानपुरका २७१५ जना अभियुक्त फरार

मकवानपुर । मकवानपुर जिल्ला अदालतबाट दोषी ठहर भई कैद सजाय र दण्ड जरिवाना तोकिएका झण्डै ३ हजार जना अभियुक्त फरार रहेका छन् । जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद सजाय र जरिवाना तोकिएका २ हजार ७ सय १५ जना अभियुक्त फरार रहेको अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले जानकारी...

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

मकवानपुर खेलकुदको उर्वरभुमी : नेता बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुर खेलकुदको उर्वर भूमि रहेको उदघोष गरेका छन् । लोकतान्त्रिक खेलकुद संघ मकवानपुर र देव नगर टोल विकास हेटौंडा–८ कमानेको संयुक्त आयोजनामा भएको स्वर्गीय चित्रकुमारी गुरुङको स्मृति जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन कार्यक्रममा...

आज नेप्से झिनो अंकले बढ्दा ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ८२ अंक अर्थात् शुन्य दशमलव ७ प्रतिशतले बृद्धि भई २ हजार ७३४ दशमलव ९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच...

सचिवमा उठ्ने तयारी गरेको छु : भट्टराई

चितवन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताएका हुन् । उनले भने, “लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म...

आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल

जनकपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन् । धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि बढिरहेकाले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताउएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत...