आज नेप्से झिनो अंकले बढ्दा ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ मंसिर ८,बुधबार १६:११

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ८२ अंक अर्थात् शुन्य दशमलव ७ प्रतिशतले बृद्धि भई २ हजार ७३४ दशमलव ९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँको कारोबार भएको छ ।

साथै नेप्सेमा रहेका १३ उपसूचक मध्ये ३ उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक रुपैयाँका आधारमा विकास बैंक उपसूचकमा ४२ दशमलव ८१ ले बृद्धि भएको छ । त्यस्तै, आज सर्वाधिक कमाउने कम्पनीमा मैलुङ खोला जलविद्युतको ९.४७ प्रतिशत अकं, कर्णाली डेभलपमेन्ट बैंकको ६.६५ प्रतिशत अकं, पन्चकन्या माई हाईड्रोपावरको ६ प्रतिशत अकं, जोशी हाईड्रोपावर डेभलपमेन्टको ४.८५ प्रतिशत अकं, साना किसान विकास बैंकको ३.९८ प्रतिशत अकं र आइएमइ जनरल इन्स्योरेन्सको ३.९२ प्रतिशत अकंले बढेको छ ।

यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीहरुमा गोर्खास फाइनान्सको २.५५ प्रतिशत अकं, उन्नति सहकार्य लघुवित्तको २.२३ प्रतिशत अकं, तेह्रथुम पावरको २.२१ प्रतिशत अकं, एनआईसी एशिया लघुवित्तको २.१३ प्रतिशत अकं, केबिएल डिबेञ्चरको १.९९ प्रतिशत अकं र समिट लघुवित्तको १.९६ प्र्रतिशत अकंले घटेको छ ।