समाचार
सर्वोच्चमा मंसिर १५ बाट गोलाप्रथा लागू गर्ने पूर्ण बैठकको निर्णय
काठमाडौं । सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रथा विधिबाट मुद्दाको पेसी तोकिने भएको छ । आज (बिहिबार) बसेको अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले करिब एक सातको समय राखेर गोलाप्रथा विधिबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार, अपराह्न बसेको...
सरकार विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण गर्ने तयारीमा : मन्त्री झाँक्री
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताएका छन् । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एसिया सेल्टर फोरमले संयुक्त रुपमा आज आयोजना गरेको वार्षिक सम्मेलन कार्यक्रममा उहाँले संविधानमा मौलिक हकका रुपमा रहेको...
विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित
काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई...
चलचित्र ‘टुल्की’लाई प्रदर्शनको अनुमति
डोल्पा । हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो । समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता शेखर लामाले जानकारी दिए । ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा...
सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा...
सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौं : नेता थापा
चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १० औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन् । उनले भने, “१० औँ महाधिवेशनले...
कांग्रेस काठमाडौँ क्षेत्र नं १० का सभापतिमा महर्जन विजयी
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहेका उनले ३२० मत प्राप्त गरेका थिए । यस्तै, सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३, सहसचिवमा मिलन विष्ट २२९ र शिशिर महर्जनले २२६ मत प्राप्त गरी...
आँबुखैरेनीमा आँखा शिविर
तनहुँको आँबुखैरेनी गाउँपालिकामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा १३४ वृद्धाका शल्यक्रिया गरिएको छ । शिविर एक दिन थप गरेर बिहीबारसम्म लम्ब्याइएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी–३ मा शिविर सञ्चालन गरिएको छ । शिविरमा ५०० भन्दा...
किबी खेतीबाट मनग्य आम्दानी
थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ । जसको स्याहार सम्भार गर्ने काम बुद्ध स्याङतान परिवारले गर्दै आएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ फस्कोटमा...
घरघरमा खानेपानी आउँदा स्थानीयवासी खुसी
खलङ्गा । जुम्लाको तिला गाउँपालिका–६ स्थित विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । सो गाउँ अहिलेसम्म राष्ट्रिय सडक सञ्जालबाट जोडिएको छैन । यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र खच्चरबाटै बोकेर लैजाने गर्छन् । स्थानीयवासीले उत्पादित वस्तु पनि पिठ्युँमै बोकेर...










