समाचार
ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु
जनकपुर । बालुवा लोड गरेको ट्र्याक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ज १ त ४१७२ नम्बरको ट्र्याक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ । लोड गरिएको बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतोको...
तोलामा रु २०० ले बढ्यो सुन
काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी...
कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार
कास्की । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन/अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको...
एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश
भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको...
गाउँपालिकाको मौलिक पाठ्यपुस्तक ‘मेरो पाँचपोखरी’ तयार
सिन्धुपाल्चोक । केन्द्रीकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउन स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अध्यक्ष लामा भने, “स्थानीय परिवेशको सुक्ष्म अध्ययनले आफ्नो...
आजदेखि ४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा आज (शुक्रबार) जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा आज जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिकामा उल्लेख छ । प्रदेश नम्वर २ का ७ जिल्लाबाहेक बाँकी जिल्लामा आजदेखि जिल्ला...
जेसीज सप्ताह : वक्तृत्वकला प्रतियोगितामा यादव प्रथम
मकवानपुर । जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन वक्तृत्वकला प्रतियोगिता भएको छ । स्व. बुद्ध रत्न शाक्य स्मृति विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगीतामा आधुनिक राष्ट्रिय माविका कर्ण यादव प्रथम भएकी छन् । यस्तै, आधुनिक माविकै रिसि यादव द्वितिय र चन्द्रोदय माविकी आश्र्या जर्गा...
जिसस महासंघ बागमतीको पहिलो बैठक सम्पन्न
चितवन । जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश कमिटीको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिसस महासंघको तेस्रो राष्ट्रिय परिषद बैठक पछिको पहिलो बैठक चितवनमा सम्पन्न भएको हो । बैठकले तेस्रो राष्ट्रिय परिषदबाट निर्वाचित जिसस महासंघ राष्ट्रिय कमिटीका...
मकवानपुरका श्रेष्ठको मृत्यु
मकवानपुर । चितवनको राप्ती नगरपालिका वडा नम्वर २ मा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–२ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १३७५ नम्वरको बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु् हुनेमा मकवानपुरको...
ब्राउनसुगरसहित सात जना पक्राउ
बनियानी । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका...









