मकवानपुरका श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर १०,शुक्रबार ०८:५२
File Photo

मकवानपुर । चितवनको राप्ती नगरपालिका वडा नम्वर २ मा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–२ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १३७५ नम्वरको बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मृत्यु् हुनेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठ रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, उक्त घटना बुधबार रातिको हो । ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । दुर्घटना पछि स्थानीयहरुले सडक अबरुद्ध गरेका थिए।