जेसीज सप्ताह : वक्तृत्वकला प्रतियोगितामा यादव प्रथम

तु खबर संवाददाता
२०७८ मंसिर १०,शुक्रबार ०९:१४

मकवानपुर । जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन वक्तृत्वकला प्रतियोगिता भएको छ । स्व. बुद्ध रत्न शाक्य स्मृति विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगीतामा आधुनिक राष्ट्रिय माविका कर्ण यादव प्रथम भएकी छन् । यस्तै, आधुनिक माविकै रिसि यादव द्वितिय र चन्द्रोदय माविकी आश्र्या जर्गा मगर तृतिय भएका छन् ।

प्रतियोगितामा ६ वटा विद्यालयका १४ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । प्रथम, द्वितिय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित समापन समारोहका अन्तिम दिन पुरस्कृत गरिने आयोजकले जनाएको छ । जनसाहित्यिक मञ्च नेपालको केन्द्रीय सचिवालय सदस्य मसान उपासक र साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानले निर्णयक भूमिका निर्वाह गरेका उक्त प्रतियोगितामा परिवर्तनको लागि उठ्नुस् र मानव विकासका लागि नेतृत्वको अभ्यास भन्ने विषयमा प्रतियोगिहरुले आ–आफ्न धारणा राखेका थिए ।

यसैगरी, महिला उद्योमशीलता सम्बन्धि तालिम पनि भएको छ । तालिममा १५ जना सहभागी रहेको थियो । दोस्रो दिनमै हेटौंडा –१ स्थित चौकीटोलमा स्वागत बोर्ड समेत स्थापना गरिएको छ । जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता तथा जेसीआई हेटौंडा लेडी २०२१ का बोर्ड सल्लाहकार शुक्रराज जोशीको प्रमुख अतिथ्यता रहेको थियो ।